Skip to content
LAXMI SUNRISE BANK

तातोपानी नाका अनिश्चितकालका लागि बन्द !

अर्थ सरोकार

काठमाडौं । चीनले नेपाल–चीन व्यापारको प्रमुख स्थलमार्गमध्ये एक तातोपानी नाका अनिश्चितकालका लागि बन्द गरेको छ । कोदारी क्षेत्रमा भत्किएको सडक मर्मतपछि नाका पुनः सञ्चालन गर्ने तयारी भइरहेका बेला चीनले अर्को सूचना जारी नभएसम्मका लागि नाका बन्द रहने जानकारी गराएको हो ।

भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवागढी नाका अवरुद्ध भएपछि केरुङमा रोकिएका सामानलाई रुट डाइभर्ट गरी तातोपानी नाकाबाट नेपाल ल्याउने प्रयास भइरहेको थियो । व्यापारीहरूले तातोपानी नाका सञ्चालनका लागि पहल गरिरहेका बेला चीनले नाका बन्द गर्ने जानकारी दिएको हो ।

भदै १० गते आएको भिषण बाढीका कारण रसुवागढी नाका अवरुद्ध रहेको र तातोपानीसमेत बन्द भएपछि चीनसँगको स्थल व्यापारका लागि अब कोरला नाकामाथि थप निर्भर हुनुपर्ने अवस्था सिर्जना भएको छ ।

तातोपानी नाका कहिलेसम्म बन्द रहने भन्नेबारे चीनले स्पष्ट समयसीमा तोकेको छैन । अर्को सूचना जारी नभएसम्म नाका बन्द रहने जनाइएको छ ।

 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK