Skip to content
LAXMI SUNRISE BANK

प्रधानमन्त्रीको ब्रिफिङः ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा ७ अर्ब ८८ करोड जम्मा, उद्धार र राहतका लागि १ अर्ब निकासा

अर्थ सरोकार

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा ७ अर्ब ८८ करोड बढी रकम जम्मा भएको बताएका छन् । संघीय संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले कोषमा ७ अर्ब ८८ करोड ५७ लाख २ सय १७ रुपैयाँ जम्मा भएको जानकारी दिएका हुन् । 

प्रधानमन्त्री शाहले विपद व्यवस्थापन र राहत कार्यलाई प्रभावकारी बनाउन १ अर्ब निकासा गरिएको समेत बताएका छन् । 

राष्ट्रिय विपद् न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका नाममा निकासा गरिएको उक्त रकममध्ये विभिन्न १५ पालिकाका नाममा ६ करोड ७५ लाख रुपैयाँ निकासा गरिएको पनि प्रधानमन्त्रीले जानकारी दिएका छन् ।

त्यस्तै, प्रधानमन्त्री शाहले बाढी प्रभावित क्षेत्रमा स्थानीय तहलाई सिधै बजेट पठाएर राहत र पुनर्स्थापनाको कामलाई तिव्रता दिइने बताएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK