काठमाडौँ । सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित पाँच जिल्लाका १५ स्थानीय तहका लागि रू १३ करोड ५० लाख निकासा गरेको छ । सरकारले दुई चरणमा गरी ती पालिकामा उक्त रकम निकासा गरेको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार भोटेकोशी हुँदै त्रिशूली नदीमा बाढी गएलगत्तै रसुवा र नुवाकोटका लागि रू एक/एक करोड र धादिङका लागि रू ५० लाख दिने निर्णय सरकारले गरेको थियो । त्यसपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत यही भदौ १२ गते रु ६ करोड ५० लाख र १६ गते रु ६ करोड ५० लाख गरी रु १३ करोड ५० लाख निकासा गरेको हो ।
प्राधिकरणका अनुसार रसुवाको उत्तरगया गाउँपालिकाका लागि रु १ करोड ५० लाख, गोसाइँकुण्ड गाउँपालिकाका लागि रु २ करोड, कालिका गाउँपालिकाका लागि रू ६० लाख र आमा छोदिङ्मो गाउँपालिकाका लागि रू ४० लाख निकासा गरिसकेको छ ।
त्यसैगरी, नुवाकोटको विदुर नगरपालिकाका लागि रू तीन करोड, बेलकोटगढी नगरपालिकाका लागि रू एक करोड ५० लाख, किस्पाङ गाउँपालिकाका लागि रू ५० लाख र तारकेश्वर गाउँपालिकाका लागि रू एक करोड निकासा गरिएको छ ।
त्यस्तै, धादिङका गल्छी गाउँपालिकाका लागि रू ६० लाख, सिद्धलेक गाउँपालिकाका लागि रू ४० लाख, गजुरी गाउँपालिकाका लागि रू ४० लाख र बेनिघाट रोराङ गाउँपालिकाका लागि रू ४० लाख निकासा गरिएको प्राधिकरणले जनाएको छ ।
साथै गोरखाको गण्डकी गाउँपालिकाका लागि रू ४० लाख तथा तनहुँको देवघाट गाउँपालिकाका लागि रू ४० लाख र आँबुखैरनी गाउँपालिकाका लागि रू ४० लाख निकासा भइसकेको पनि प्राधिकरणले जनाएको छ ।
यसैबीच, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा हालसम्म रू सात अर्ब ८८ लाख ५७ हजार २१७ जम्मा भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई भदौ १६ गते रू एक करोड निकासा दिएपछि अब सो कोषमा रू छ अर्ब ८८ लाख ५७ हजार २१७ मौज्दात रहेको छ । साथै प्रधानमन्त्री राहत कोषमा थप ६१ लाख ४१ हजार ७०२ अमेरिकी डलर जम्मा भएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्