Skip to content
LAXMI SUNRISE BANK

बाढी पीडितलाई अर्थ मन्त्रालयका कर्मचारीद्वारा १८ लाख ३२ हजार सहयोग

अर्थ सरोकार

काठमाडौँ । अर्थ मन्त्रालयका कर्मचारीहरुले बाढी प्रभावितहरुको लागि १८ लाख बढी सहयोग गरेका छन् । भोटेकोशी बाढीबाट प्रभावित भएकाहरुको उद्धार, राहत र पुनर्स्थापनाका लागि मन्त्रालयका कर्मचारीहरुले १८ लाख ३२ हजार ७ सय २१ रुपैयाँ सहयोग गरेका हुन् । 

सहयोगबापत उक्त रकम ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा जम्मा गरिएको छ । 

विपद् व्यवस्थापनमा राज्यका सम्पूर्ण संयन्त्र सक्रिय भएका बेला सरकारलाई सहयोग गर्ने उद्देश्यले सो रकम सहयोग गरेको अर्थ मन्त्रालयका कर्मचारीले बताएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK