काठमाडौँ । भोटेकोशीमा आएको बाढीका कारण सडक नै भासिएपछि ग्यास आपुर्तिमा समस्या देखिएको छ । बाढीले सडक कटान गरेपछि धादिङको कृष्णभीरमा पहिरो जाँदा काठमाडौँमा खाना पकाउने एलपी ग्यासलगायत अत्यावश्यक वस्तुको अभाव देखिन थालेको हो ।
कृष्णभीरमा गएको पहिरोले सडक नै बगाएपछि आइतबारदेखि पृथ्वी राजमार्ग पूर्ण रुपमा अवरुद्ध छ ।
सडक अवरुद्ध हुँदा काठमाडौँ उपत्यकातर्फ आउने ग्यास तथा पेट्रोलियम पदार्थ बोकेका सवारीसाधन बीच बाटोमै रोकिएका छन् । जसका कारण उपत्यकामा ग्यास आपूर्ति प्रभावित भएको छ ।
सडक अवरुद्ध भएपछि काठमाडौँका विभिन्न बिक्री केन्द्रमा ग्यास लिन सर्वसाधारणको भीड बढ्न थालेको छ । अनामनगरस्थित नेपाल ग्यासको आधिकारिक बिक्री केन्द्रमा पाँच दिनदेखि ग्यासका लागि सर्वसाधारणको लामो लाइन लागेको छ । ग्यास नपाउँदा उपभोक्ताले घण्टौँ लाइनमा बसेर पनि खाली सिलिन्डर बोकेर फर्किनुपर्ने अवस्था आएको बताएका छन् । बाँकी तस्वीरमा हेर्नुहोस्ः

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्