Skip to content
LAXMI SUNRISE BANK

भोटेकोशी बाढीः लुम्बिनी विकास बैंकका कर्मचारी रुपेश श्रेष्ठको निधन

अर्थ सरोकार

काठमाडौँ । भोटेकोशीमा आएको बाढीमा परेर बेपत्ता भएका लुम्बिनि विकास बैंकका कर्मचारीको निधन भएको छ । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीमा बेपत्ता भएका बैंकका कर्मचारी रुपेश श्रेष्ठको निधन भएको बैंकले पुष्टि गरेको हो ।

बैंकले एक सूचना जारी गर्दै बट्टार शाखामा कार्यरत श्रेष्ठको निधन भएको पुष्टि गरेको छ । 

बैंकका अनुसार भदौ १० गते त्रिशूलीबाट बेत्रावती जाने क्रममा बाढीले बगाउँदा उनको निधन भएको बैंकले  जनाएको छ ।

श्रेष्ठप्रति बैंकले श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK