Skip to content
LAXMI SUNRISE BANK

५० हजार घुससहित विद्युत प्राधिकरणका इन्जिनियर पक्राउ

अर्थ सरोकार

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका इन्जिनियर कृष्ण नारायण यादव पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्राधिकरणको इटहरी वितरण केन्द्रका इन्जिनियरलाई घुस रकमसहित पक्राउ गरेको हो । 

सातौँ तहका इन्जिनियर यादवलाई ५० हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

अख्तियारका अनुसार उनीमाथी एक गार्मेन्ट उद्योगमा २० केभी क्षमताको विद्युत लाइन जडानका लागि सहजीकरण गर्ने भन्दै घुस मागेको आरोप छ । उनलाई इटहरी उपमहानगरपालिका-९ बाट पक्राउ गरिएको हो । 

पक्राउ परेका यादवमाथि घुस/रिसवत भ्रष्टाचार सम्बन्धी मुद्दामा अनुसन्धान गर्न विशेष अदालतबाट म्याद थप गरिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK