Skip to content
LAXMI SUNRISE BANK

विपत्तिमा ग्यासको मूल्य प्रति सिलिन्डर १ सय ५ रुपैयाँले बढ्यो !

अर्थ सरोकार

काठमाडौँ । खाना पकाउने एलपी ग्यासको मूल्य बढेको छ ।कृष्णभीरमा गएको पहिलोले सडक अवरुद्ध भएपछि ढुवानी महँगो भएको भन्दै उद्योगीहरुले ग्यासको मूल्य बढाएका हुन् । 

वैकल्पिक ढुवानी महँगो परेको भन्दै ग्यासको मूल्य प्रति सिलिन्डर १ सय ५ रुपैयाँ ३८ पैसा बढाइएको उद्योगीहरुले जनाएका छन् । योसँगै अब काठमाडौँमा ग्यासको मूल्य प्रति सिलिन्डर २ हजार १ सय ६५ रुपैयाँ ३८ पैसा पर्नेछ । 

उद्योग संघका अनुसार पहिला बुलेटमा ग्यास ढुवानी हुँदा एक बुलेटमा १२ सय ५० सिलिन्डर ग्यास आउँथ्यो । तर, हाल तराईमा बोटलिङ गरी अर्को माध्यमबाट ढुवानी गर्ने काम भइरहेको छ । 

यसरी ढुवानी भाडा मात्र प्रतिसिलिन्डर १ सय ८० रुपैयाँ पर्ने भए पनि उपभोक्ताका लागि १ सय ५ रुपैयाँ थप गरिएको उद्योग संघको भनाई छ । उद्योगीहरुले नेपाल आयल निगमसँगको सहमतिपछि मूल्य बढाएको दाबी गरेका छन् ।

यता नेपाल आयल निगमले भने बढेको ग्यासको मूल्य ५० किलोमिटर दूरीका लागि मात्रै तोकिएको बताएको छ । अर्थात, ५० किलोमिटर भन्दा बढी दूरीबाट ग्यास ढुवानी गर्दा उद्योगीहरुले आफैँ ढुवानी भाडा जोडेर लिन पाउनेछन् । यो हाल भएको सहमति नभएर विगतदेखि नै चल्दै आएको नियम भएको निगमले स्पष्टिकरण दिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK