Skip to content
LAXMI SUNRISE BANK

त्रिशूली थ्रि-ए अपडेटः सुरुङभित्र जीवितै छन् मान्छे, ‘उद्धार गर्दैछौँ नआत्तिनुस भनेपछि हुन्छ भनेको सुनियो’

अर्थ सरोकार

काठमाडौँ । भोटेकोशीमा आएको बाढीले थुनिएको त्रिशूली थ्रि-ए हाइड्रोपावरको सुरुङभित्रबाट मानिसको आवाज आएको पुष्टि भएको छ । उद्धार क्षेत्रमा खटिएका इन्जिनियर श्रीराम न्यौपाने सुरुङभित्रबाट मानिसको आवाज सुनिएको पुष्टि गरेका हुन् । 

‘उद्धार कार्य जारी छ । भित्रबाट एक भन्दा बढी व्यक्तिको आवाज सुनिएको पुष्टि भएको छ ।’, उनले लेखेका छन्, ‘उद्धार टोलीले नआत्तिनुहोस्, हामी उद्धार गर्दैछौँ भनेपछि भित्रबाट ‘हुन्छ’ भन्ने प्रतिक्रिया प्राप्त भएको छ ।’

उनका अनुसार सुरुङबाहिर जमेको २० हजार घन मिटर लेदो र ढुंगा हटाएर उद्धार टोली सुरुङभित्र प्रवेश गरेको छ । सोही क्रममा भित्रबाट मानिसको आवाज सुनिएको थियो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK