Skip to content
LAXMI SUNRISE BANK

त्रिशूली ३-ए अपडेटः मृत्युलाई जितेका सञ्जयको दशौँ दिनमा जीवितै उद्धार, अन्यलाई पनि झिकिँदै !

अर्थ सरोकार

काठमाडौँ । त्रिशूली ३-ए हाइड्रोपावरको सुरुङबाट एकजनाको जीवितै उद्धार गरिएको छ । शुक्रबार बिहान सुरुङमा फसेका सञ्जय साहको जीवितै उद्धार गरिएको हो ।

शुक्रबार उद्धारका क्रममा सुरुङभित्रबाट मानिसको आवाज सुनिएपछि उद्धार टोली भित्र छिरेको थियो । सोही क्रममा सुरुङभित्र जीवितै रहेका सञ्जयको उद्धार गरिएको हो ।

हाल सुरुङभित्र फसेका अन्यको पनि उद्धार कार्य भइरहेको उद्धारमा खटिएका एक इन्जिनियरले बताएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK