Skip to content
LAXMI SUNRISE BANK

एनएमबि क्यापिटलद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा १५ लाख सहयोग

अर्थ सरोकार

काठमाडौँ । एनएमबि क्यापिटल लिमिटेडले हालै भोटोकोशी-त्रिशुली नदीमा आएको बाढीका कारण प्रभावित नागरिकहरुको राहत तथा पुन:स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ लाख आर्थिक सहयोग गरेको छ ।

साथै, सो रकम बाहेक संस्थाका कर्मचारीहरूले छुट्टै रकम संकलन गरी सो रकमको विभिन्न राहत सामाग्री नेपाल सरकारको स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखा, टेकुमा जम्मा गरेका छन् ।

विपद्मा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै एनएमबि क्यापिटलले शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गरेको छ । साथै, बेपत्ताहरूको शीघ्र सकुशल उद्धार र घाइतेहरूको द्रुत स्वास्थ्य लाभको कामना समेत गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK