काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण सिर्जित प्राकृतिक विपत्तिबाट प्रभावितहरूको सहयोगका लागि काठमाडौंको सुन्धारास्थित धवलागिरी बचत तथा ऋण सहकारी संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पाँच लाख १७ हजार पाँच सय रुपैयाँ सहयोग गरेको छ ।
संस्थाले बुधबार उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जानकारी दिएको हो । सहयोग रकममध्ये पाँच लाख रुपैयाँ संस्थाको तर्फबाट तथा बाँकी १७ हजार पाँच सय रुपैयाँ संस्थाका सञ्चालकहरूको व्यक्तिगत तर्फबाट संकलन गरी प्रदान गरिएको सहकारीले जनाएको छ ।
धवलागिरी सहकारीले बाढीका कारण ज्यान गुमाउने सम्पूर्णप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उद्धार तथा राहत कार्यमा खटिएका सम्पूर्ण सुरक्षाकर्मी, स्वयंसेवक तथा सरोकारवाला निकायप्रति धन्यवादसमेत व्यक्त गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्