काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत शाखा कार्यालय कुलेश्वर मार्फत श्री कुलेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत गरिबीको रेखामुनी रहेका विद्यार्थीहरुलाई शैक्षिक तथा आवश्यक सामाग्री वितरण गरेको छ ।
बैंकका काठमाडौँ क्षेत्र प्रमुख केदार नाथ शर्माले विद्यार्थीहरुलाई पोशाक तथा शैक्षिक सामाग्री हस्तान्तरण गरेका हुन् । बैंकले विद्यार्थीहरुको पठनपाठनमा सहजता पुर्याउने उद्देश्यले स्टेशनरी तथा शैक्षिक सामाग्रीहरु, स्कुल ब्याग, स्कुल ड्रेस र हाउस ड्रेस, जुत्ता तथा अन्य आवश्यक सामाग्रीहरु वितरण गरेको छ ।
उक्त कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक भानुभक्त बिष्टले बैंकले विद्यालयका विपन्न तथा गरिब विद्यार्थीहरुको शैक्षिक आवश्यकतालाई मध्यनजर गर्दै उपलब्ध गराएको सहयोगप्रति धन्यवाद दिएका छन् । उनले यस प्रकारको सहयोगले विद्यार्थीहरुलाई अध्ययनमा थप हौसला प्रदान गर्नुका साथै विद्यालयको शैक्षिक वातावरणमा समेत सकारात्मक प्रभाव पार्ने बताए ।
विद्यार्थीहरुलाई उक्त शैक्षिक तथा आवश्यक सामाग्री हस्तान्तरण गर्दै बैंकका काठमाडौं क्षेत्र प्रमुख शर्माले बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा क्षेत्रमा सहयोग गर्दै आएको र आर्थिक अभावका कारण आवश्यक शैक्षिक सामाग्रीबाट बञ्चित विद्यार्थीरुलाई गरिएको यस सहयोगले उनीहरुको पठनपाठनमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।
यससँगै बैंकले आगामी दिनहरुमा समेत आवश्यकता र प्राथमिकताका आधारमा यस्ता सामाजिक उत्तरदायित्व मूलक कार्यक्रमहरुलाई निरन्तरता दिने बताएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्