काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग संघले काठमाडौँमा ग्यास अभाव नहुने बताएको छ । ग्यास आपूर्ति नियमित भइरहेको दाबी गर्दै संघले काठमाडौँमा ग्यास अभाव नहुने बताएको हो ।
हाल काठमाडौँ उपत्यकामा खाना पकाउने एलपी ग्यासको आपूर्ति नियमित भइरहेको जनाउँदै संघले उपभोक्तालाई अनावश्यक रुपमा ग्यास सञ्चय नगर्न आग्रह गरेको छ ।
बाढीका कारण पृथ्वी राजमार्ग अवरुद्ध हुँदा बुलेटमार्फत ग्यास ढुवानीमा समस्या आए पनि काठमाडौँ, काभ्रे र धादिङमा रहेका उद्योगका सिलिन्डर बारा, पर्सा, चितवन, धनुषा र नवलपरासीमा रहेका उद्योगमा रिफिल गरेर काठमाडौँ आपूर्ति गरिएको संघको भनाई छ ।
हाल काठमाडौँमा दैनिक करिब ४० हजार सिलिन्डर ग्यासको माग हुँदै आएको छ । पछिल्ला ३ दिनदेखि सोही मागअनुसार काठमाडौँमा सिलिन्डर वितरण भइरहेको र आगामी दिनमा पनि थप सिलिन्डर रिफिल गरेर नियमित आपूर्ति कायम राख्ने संघले जनाएको छ ।
त्यस्तै, संघले विगतमा भूकम्प, नाकाबन्दी तथा कोभिड-१९ महामारीजस्ता संकटका समयमा समेत एलपी ग्यासको आपूर्ति तथा बिक्री वितरण प्रणालीलाई निरन्तरता दिइएको स्मरण गराएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्