काठमाडौँ । बागमती प्रदेश सरकारले सबै सरकारी भवनको बीमा गर्ने भएको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षदेखि प्रदेश अन्तर्गतका सबै सरकारी कार्यालयका भवनको बीमा गर्ने तयारी गरेको हो ।
जेन-जी आन्दोलनका क्रममा सरकारी संरचनामा ठूलो क्षति पुगेपछि भविष्यमा आइपर्न सक्ने जोखिमलाई ध्यान दिँदै प्रदेश सरकारले यस्तो तयारी गरेको प्रदेशका एक सांसदले बताएका छन् ।
गत वर्ष भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा प्रदेश सरकार अन्तर्गतका २६ वटा कार्यालयका ६० वटा भवनमा आगजनी हुँदा भौतिक पूर्वाधारतर्फ मात्र ५७ करोड ४० लाख बराबरको क्षति भएको थियो । सवारीसाधन र जिन्सी सामाग्रीसमेत गरेर कुल १ अर्ब १० करोडको क्षति भएको थियो ।
हाल प्रदेश सरकारले सबै सरकारी भवनको बीमा गर्ने तयारी अघि बढाएको छ । प्रदेश सरकारले भवनको बीमाका लागि बजेटसमेत विनियोजन गरिसकेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्