Skip to content
LAXMI SUNRISE BANK

‘मुक्तिनाथ बिकास बैंकमा बम राख्ने हामी हौँ, राष्ट्र बैंकले चासो देखाएन, अव एक-एकलाई हामी कारवाही गर्छौं’ (विज्ञप्तिसहित)

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता
सल्यान । सल्यानको बागचौर नगरपालिकामा रहेको मुक्तिनाथ बिकास बैंकमा बाल्टिन बम भेटिएको छ । जनपरिषद् सल्यानका नाममा कार्यालय बाहिर बाल्टिन बम भेटिएको हो । बमसँगै भेटिएको पर्चामा कोरोना महामारीका समयमा समेत किसानसँग ऋण असूली गरेको, लकडाउनका समयमा किसानलाई ऋण तिर्न बाध्य पारेकोलगायत कुरा लेखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 
हाल त्यस क्षेत्रलाई बन्द गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिएका छन् । सदरमुकामबाट बम निष्क्रिय टोली घटनास्थलमा पुगिसकेको छ । 
यता सो घटनाको जिम्मा विपल्व नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले लिएको छ । कमरेड बारुदका नाममा जारी भएको प्रेस विज्ञप्तिमा उक्त घटनाको जिम्मा आफ्नो पार्टीले लिएको उल्लेख छ ।
‘महान तथा गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टी राष्ट्रियता, जनतन्त्र, जनजिविकाको पक्षमा अनवरत संघर्षरत छ। यतिबेला देश र नागरिक माहामारिको सन्त्रास र लकडाउनको कारण श्रमबाट पुर्ण रुपले बिमुख छन । श्रमिक बर्गको बाहुल्यता रहेको हाम्रो सामजिक चरित्र रहेको हुनाले लकडाउनको कारण श्रम गर्नबाट बन्चित हुना पुग्दा ठूलो आर्थिक अभाव बेहोर्न बाध्य भएका छन।यस्तो जोखिम र अभावलाइ ख्याल नगरी सल्यान जिल्लामा संचालित बैक तथा लघुबित्त सहकारीहरुले सम्मानित सर्बोच्च अदालतले गरेको आदेशको अवज्ञा गर्दै ब्याज र किस्ता असुलि गरेको र पटक पटक सुझाव दिदा पनि अटेरी गरेको हुनाले र व्यापक मात्रामा जनगुनासो आउँदा पनि राज्यको निकायबाट यसप्रती संवेदनशील नभएको हुनाले यी दलाल पूँजीद्वारा संचालित लघुबित्त सहकारी नामक सुदखोरहरुको अखडामा कार्वाही गर्न जन परिषद सल्यान बाध्य भएको यसै बिज्ञप्ति मार्फत प्रस्ट पार्दछ ।’ विज्ञप्तिमा भनिएको छ ।
उक्त पार्टीका नेताहरुले बैंकहरुले गरिरहेको बदमासीमा नियामक निकाय राष्ट्र बैंक चुप लागेको भन्दा अव एक एकलाई कारवाही गर्ने चेतावनीसमेत दिएको छ ।  
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK