काठमाडौँ । अबदेखि एटिएमबाट एक सय रुपैयाँको नोट पनि झिक्न मिल्ने भएको छ । दशैँ नजिकिँदै गर्दा राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई एटिएमबाट एक सय रुपैयाँ समेत झिक्न मिल्ने व्यवस्था गर्न निर्देशन दिएको हो ।
राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले नेपाल बैंकर्स संघलाई पत्र लेख्दै अबदेखि एटिएम मेसिनबाट एक सय रुपैयाँ पनि वितरण गर्ने व्यवस्था मिलाउन भनेको छ ।
चाडपर्वका बेला बैंक तथा वित्तीय संस्थाहरुमा हुने अत्याधिक भीडभाड काम गर्न र सेवा सहज गर्न यस्तो निर्देशन दिइएको नेपाल राष्ट्र बैंकका अधिकारीको भनाई छ ।
हाल बैंक तथा वित्तीय संस्थाका एटिएमहरुले एक हजार र ५ सय रुपैयाँ दरका नोट मात्र वितरण गर्दै आएका छन् । तर, अब भने बैंक तथा वित्तीय संस्थाका एटिएमबाट १ सय रुपैयाँ पनि झिक्न मिल्नेछ ।
यसले साना दरका नोट सटहीका लागि सेवाग्राही बैंकमै पुगेर लाइन बस्नुपर्ने बाध्यताको अन्त्य हुने विश्वास गरिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्