काठमाडौँ । यसपाली पनि दशैँमा नयाँ नोट नपाइने भएको छ । विगत दुई वर्षदेखि दशैँमा नयाँ नोट वितरण नगरेको राष्ट्र बैंकले यसवर्ष पनि दशैँमा नयाँ नोट वितरण नगर्ने भएको हो ।
नयाँ नोटको साटो राष्ट्र बैंकले सुकिला नोट नै वितरण गर्ने तयारी गरेको छ ।
बजारमा सुकिला नोट प्रशस्तै भएको र नयाँ नोट वितरण गर्नुपर्ने अवस्था नरहेपछि यस्तो तयारी गरिएको राष्ट्र बैंकका अधिकारीको भनाई छ । यद्यपि यसवर्षको दशैँमा नयाँ नोटको साटो सुकिला नोट वितरण गर्ने औपचारिक निर्णय भने राष्ट्र बैंकले गरेको छैन ।
अर्कोतर्फ दशैँमा टिका, अबिर तथा तेलजन्य पदार्थका कारण नोटको आयु छोटिने भएकाले पनि सकेसम्म दशैँमा सुकिला नोट नै प्रयोग गराउने तयारी भइरहेको पनि राष्ट्र बैंकका अधिकारीहरुले बताएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्