Skip to content
LAXMI SUNRISE BANK

पूँजीगत लाभकर घटाउने सरकारको तयारी, अधिकतम ५ प्रतिशत कायम गरिने !

अर्थ सरोकार

काठमाडौँ । सरकारले पूँजीगत लाभकर घटाउने भएको छ । पूँजी बजार सुधारका लागि २१ बुँदे कार्ययोजना सार्वजनिक गर्दै अर्थ मन्त्रालयले सेयर कारोबारमा हुने लाभमा लाग्ने पूँजीगत लाभकर घटाउने घोषणा गरेको हो । 

अर्थ मन्त्रालयले जारी गरेको ‘सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना, २०८३’ को २०औँ बुँदामा सो कुरा उल्लेख गरिएको छ । 

‘प्राकृतिक व्यक्तिको हकमा तीन सय ६५ दिन भन्दा बढी अवधि स्वामित्वको रहेको हितको लाभ रकमको ३.७५ प्रतिशत र तीन सय ६५ दिन वा सो भन्दा कम अवधि स्वामित्वमा रहेको हितको लाभ रकमको ५ प्रतिशत कायम गर्ने ।’, कार्ययोजनामा उल्लेख छ । 

त्यस्तै, कार्ययोजनामा सूचीकृत सेयरको निःसर्गबाट भएको नोक्सानी समायोजनको समेत व्यवस्था गर्ने घोषणा गरिएको छ ।

आयकर ऐन दफा ९५ को उपदफा (२) को खण्ड (क) बमोजिम कर तिरेका बासिन्दा प्राकृतिक व्यक्ति वा बासिन्दा निकायले कुनै आय वर्षमा सूचीकृत धितोपत्रको निःसर्गबाट दफा ३७ बमोजिम गणना गरिएको नोक्सानी बेहोर्नु परेमा त्यस्तो नोक्सानी सोही आय वर्षमा सूचीकृत धितोपत्रको निःसर्गबाट गर्दा घाटा समायोजन गर्न पाउने व्यवस्था गर्ने कार्ययोजनामा उल्लेख गरिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK