काठमाडौँ । स्मार्ट एग्रो एन्ड फुड इन्डस्ट्रिज लिमिटेडले व्यवसाय विस्तारमा गज्जबको प्रगति गरेको छ । धान, गहुँ, कोदो, मकैको उत्पादन र बिक्री वितरण गर्दै आएको कम्पनीले पछिल्लो समय व्यवसाय विस्तारमा गज्जबको प्रगति गरेको हो ।
विगत ३० वर्षदेखि खाद्यान्नको व्यवसाय गर्दै आएका सन्तोष गुप्ता उक्त कम्पनीका कार्यकारी निर्देशक हुन् ।
खाद्यान्न व्यवसायमा लामो समयको अनुभव र दक्षता हासिल गरेका गुप्ताले चार्टर्ड एकाउन्टेन्ट अनिल फुयालसँग मिलेर एग्रो एन्ड फुड इन्डस्ट्रिजको सुरुवात गरेका थिए ।
सुरुवातमा धान, गहुँ, कोदो, मकैको उत्पादन र बिक्री वितरण गर्दै आएको उक्त कम्पनीले हाल जापानिज प्रविधिको उच्च स्तरीय मेसिन (स्टिम मेसिन) मार्फत चामल उत्पादन गर्दै आएको छ ।
कम्पनीले उत्पादन गरेका सोना, सोनम र जीरा ब्रान्डका चामल देशभर बिक्री भइरहेको कम्पनीका कार्यकारी निर्देशक गुप्ताले बताएका छन् । गुप्ताका अनुसार हाल कम्पनीमा प्रत्यक्ष रुपमा १ सय र अप्रत्यक्ष रुपमा २ सय जनाले रोजगारी पाएका छन् ।
अर्कोतर्फ कम्पनी आफैँले सोलारको प्रयोग गरेर विद्युत खपत गरिरहेको र धेरै भएको विद्युत नेपाल विद्युत प्राधिकरणलाई बेचिरहेको गुप्ताले बताए । उनले सोमार्फत पनि कम्पनीले आम्दानी गरिरहेको बताएका छन् । गुप्ताका अनुसार कम्पनीले स्थापनादेखि नै नाफा आर्जन गरिरहेको छ ।
गुप्ताका अनुसार खाद्यान्न उत्पादन, बिक्री तथा किसानका उत्पादन समेत खरिद गरिरहेको कम्पनीले किसानलाई नै कम्पनीको सेयरधनी बनाएर पूँजी बजारमा किसानको पहुँच पुर्याउने योजना अघि सारेको छ । त्यसका लागि आवश्यक तयारी भइरहेको पनि कम्पनीका कार्यकारी निर्देशक गुप्ताले बताएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्