Skip to content
LAXMI SUNRISE BANK

सेयर बजार सुधार्ने सरकारको २१ बुँदे कार्ययोजनालाई नेप्सेको ग्रीन सिंग्नल, परिसूचक ४८.५७ अंकले बढ्यो

अर्थ सरोकार

काठमाडौँ । सेयर बजार सुधार्ने सरकारको २१ बुँदे कार्ययोजनालाई नेप्सेको ग्रीन सिंग्नल दिएको छ । मंगलबार नेप्से परिसूचक ४८.५७ अंकले बढेर २६३३.६२ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३४७ कम्पनीको २ करोड ३ लाख ८७ हजार ४१३ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ८ अर्ब २९ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार रिलायन्स स्पिनिङ्ग मिल्सको भएको छ । यस कम्पनीको ३२ करोड ७० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारमा धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य १४ प्रतिशतभन्दा धेरैले बढेको हो ।

यता, ८.५% एभरेष्ट बैंक डिबेन्चर २०८६का लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशतभन्दा धेरैले बढेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK