Skip to content
LAXMI SUNRISE BANK

अर्थ मन्त्रालय हदै लचिलो भएपछि ‘बालेन बुल’को संकेत, नेप्सेमा हरियाली ! (भिडियो ब्रिफिङ)

अर्थ सरोकार

काठमाडौँ । आम सेयर लगानीकर्ताको आशा थियो- ‘बालेन सरकार आएपछि बजार ‘बुम’ हुन्छ, बालेन बुल आउँछ ।’ राजनीतिक स्थिरता भएपछि बजार नबढी सुखै छैन भन्ने बुझेका सेयर लगानीकर्ताले यही कारण पनि चुपचाप घन्टीमा छाप हानेका थिए । तर, सोचेझैँ सरकारले नीति ल्याएन, अभिभावकत्व देखाएन भन्नेहरु बढेका थिए । तर अर्को सत्य के पनि थियो भने सेयर बजार घट्दा जति निराश लगानीकर्ताहरु थिए, त्यति नै सिरियस सरकार पनि थियो । लामो समयदेखि सरकार कसरी हुन्छ सेयर बजारलाई उकास्न लागि परेझैँ प्रष्ट देखिन्थ्यो ।

कुरा नचपाई भन्दा अर्थ मन्त्रालयबाट आज ‘पूँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना – २०८३’ जारी गर्दै जे जे गर्ने भनिएको छ, त्यति घोषणा बजेटमा गरिदिएको भए, आजसम्म बजारले धेरै आत्मविश्वास देखाइसकेको हुन्थ्यो । ढिलो नै सही, कुरा राम्रो आएको छ । र चिया गफदेखि ब्रोकर हाउसहरुमा बहस यस्तो सुनिँदैछ, अव पनि बजार नबढे कहिले बढ्नु ?   

लामो समयदेखिको लगानीकर्ताको माग थियो संस्थागत लगानीकर्तालाई पूँजी बजारमा प्रवेश/लगानी गर्न सहज बनाउने गरी नीति, कानुनी तथा पूर्वाधारगत व्यवस्था गर्नुपर्छ सरकारले भन्ने। त्यो माग पूरा भएको छ । संस्थागत लगानीकर्ताका लागि आवश्यक लगानी नीति र कारोबार संरचना विकास गर्नेदेखि प्राथमिक बजारमा संस्थागत लगानीकर्ताको सहभागिता बढाउने सरकारको रणनीतिको प्रभाव सिधा बजारमा देखिने कुरामा शंका छैन ।  सरकारको यस्तो नीतिले बजार थप स्थिर बन्न सहयोग पुग्ने बजारका जानकारहरुको ठम्याई छ ।  

संस्थागत लगानीकर्ताको Portfolio Rebalancing को माग पनि पूरा भएको छ । अर्थात अव कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष, बीमा कम्पनी तथा Mutual Fund जस्ता संस्थागत लगानीकर्तालाई पूँजी बजारमा लगानी गर्न प्रोत्साहन पाउनेछन् । यसको प्रभाव सिधा बजारमा देखिन्छ । जसका कारण ठूलो संस्थागत बचत पूँजी बजारमा परिचालन हुन्छ,
लगानी विविधीकरण बढ्छ, बजारको volatility कम गर्न सहयोग पुग्न सक्छ र बजारमा माग बढ्न गई बजार माथि जाने सम्भावना बढ्छ ।

सरकारले CDS & Clearing को क्षमता अभिवृद्धि गर्ने रणनीतिसमेत ल्याएको छ । धितोपत्र कारोबारको बढ्दो आकारलाई प्रभावकारी रूपमा सञ्चालन गर्न CDS and Clearing को संस्थागत क्षमता बढाउने सरकारको नीतिले कारोबारको settlement क्षमता र efficiency बढ्ने देखिन्छ भने ठूलो कारोबार हुँदा पनि प्रणालीगत bottleneck घट्ने देखिन्छ ।  लगानीकर्ताको विश्वास र market infrastructure बलियो हुने देखिन्छ भने भविष्यमा पूँजी बजार विस्तारका लागि आवश्यक digital infrastructure तयार हुन्छ।

सरकारले ल्याएको PE/VCStartup Financing को नीतिले प्रारम्भिक चरणका उद्योग तथा व्यवसायलाई पूँजी उपलब्ध गराउने स्थिति बन्छ । बैंक ऋणमा निर्भरता कम गरी equity financing बढ्ने हुन्छ भने Startup, innovationtechnology-based business लाई पूँजी उपलब्ध हुन्छ। यसले नयाँ रोजगारी र उद्यमशीलता बढ्न सक्छ भने उत्पादनशील क्षेत्रमा पूँजी परिचालन हुने अवसर बढ्छ । बैंक तथा वित्तीय संस्थाको पूँजी बजार लगानीको Review गर्ने सरकारको नीतिले बैंकिङ र पूँजी बजारबीचको जोखिम नियन्त्रण गर्न सहयोग गर्ने देखिन्छ । Financial stability बलियो बनाउन मद्दत पुग्छ ।

दीर्घकालीन लगानीलाई कर प्रोत्साहन गर्ने सरकारको नीति त झन् गज्जब छ । पूँजी बजारमा दीर्घकालीन लगानीलाई प्रोत्साहन गर्ने गरी विद्यमान कर व्यवस्थामा सुधार गर्ने सरकारको नीति अझ त्यसमा पनि करको दर घटाएर ३.७५% र ५% मा झारिने नीतिले बजारमा सकारात्मकता पक्कै दिन्छ । अझ नोक्सानीलाई नाफामा set off गरेर net gain मा मात्र कर तिर्नुपर्ने नीतिले लगानीकर्ता उत्साहित बनेका छन् ।  

सकरारको यो नीतिले long-term investmentमा आकर्षण बढ्ने देखिन्छ । बजारमा स्थिरता र confidence बढ्ने सम्भावना त छदै छ, कर प्रोत्साहन प्रभावकारी भएमा पूँजी बजारमा नयाँ लगानी पनि आउन सक्छ । लगनीकर्ता प्रोत्साहित भई लगानी रकम ऊल्लेख्य रुपमा बढ्ने सम्भावना पनि देखिएको छ ।  

बैंक तथा वित्तीय संस्थाको Secondary Market Investment का लागि तर्जुमा गरिने नीतिले बैंकको balance sheet मा अत्यधिक speculative share trading को जोखिम घट्ने देखिन्छ भने बैंकको स्रोतलाई पुजी बजार क्षेत्रमा परिचालन गर्न प्रोत्साहन गर्ने स्थिति देखिन्छ । पूँजी बजारमा लगानीले बैंकको अत्यधिक अल्पकालीन प्रभाव घट्न सक्ने प्रष्ट देखिन्छ । 

सरसर्ती हेर्दा अर्थमन्त्रालयले हदैसम्म लचिलो भएर सेयर बजारलाई उकास्ने नीति ल्याएको छ, जसको सिधा प्रभाव मंगलबारको बजारमा प्रष्ट देखिएको छ ।

लगानीकर्ताले राखेका अधिकांश माग सम्बोधन त भएको छ नै, यसपटक सरकार पनि सेयर बजार प्रति सिरियस छ भन्ने थप प्रमाणित भएको छ । अव यति भएपछी बजारमा के गर्ने इक्षा तपाईंको । सेयर बजार जोखिमको क्षेत्र हो भन्ने नबिर्सी, सेयर बजारको यो सम्भावनालाई इन्क्यास गर्न सके सेयर बजार सुन्दर छ । (भिडियो)

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK