काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको छ । इण्डियन आयल कर्पोरेशन (आईओसी)बाट मूल्य बढेर आए पनि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राख्ने निर्णय गरेको हो ।
आईओसीबाट प्राप्त नयाँ मूल्यसूची अनुसार पेट्रोल १२ रुपैयाँ ४० पैसा र डिजेल ४ रुपैयाँ ६८ पैसा बढेर आएको छ । तर, निगमले भने नेपालमा मूल्य यथावत् राख्ने निर्णय गरेको छ । भोटेकोशी बाढीका कारण उत्पन्न परिस्थितिलाई ध्यानमा राख्दै पेट्रोलियम पदार्थको मूल्य यथावत् राख्ने निर्णय गरिएको निगमले जनाएको छ ।
योसँगै पेट्रोल, डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गमा १९७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १९९ रुपैयाँ र तेस्रो वर्गमा २०० रुपैयाँ प्रतिलिटर कायम रहनेछ । एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ यथावत् छ ।
अन्तराष्ट्रिय बजारमा मूल्य बढे पनि नेपालमा मूल्य स्थिर राख्दा पाक्षिक १ अर्ब ९१ करोड ६९ लाख रुपैयाँ घाटा हुने निगमको अनुमान छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्