Skip to content
LAXMI SUNRISE BANK

सिंहदरबारभित्रै ‘एक्सिडेन्ट’, यूएनडिपीको गाडीले रास्वपा सांसदको गाडीलाई दियो ठक्कर !

अर्थ सरोकार

काठमाडौँ । सिंहदरबार भित्रै सवारी दुर्घटना भएको छ । बुधबार सिंहदरबारभित्रको विज्ञान प्रविधि मन्त्रालय अगाडि सवारी दुर्घटना भएको हो ।

मन्त्रालय अगाडि यूएनडिपीको ६६–१–००१२ नम्बरको गाडीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद नितिमा कार्की भण्डारीको बागमती प्रदेश ०१-०२८ च ९००९ नम्बरको गाडीलाई ठक्कर दिएको हो ।

प्रत्यक्षदर्शीका अनुसार सांसद कार्कीको गाडी रोकिएको थियो । सो गाडीलाई दक्षिण गेटतर्फ आउँदै गरेको यूएनडिपीको गाडीले ठक्कर दिएको हो । हाल उक्त विषयमा ट्राफिक प्रहरीले थप बुझिरहेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK