Skip to content
LAXMI SUNRISE BANK

सिटिजन्स बैंकद्वारा ४ प्रतिशत लाभांश घोषणा, नगद र बोनस कति ?

अर्थ सरोकार

काठमाडौँ । सिटिजन्स बैंकले ४ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकको भदौ ३१ गते बसेको ५२१औँ सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ४ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

बैंकका अनुसार कुल चुक्ता पुँजीको ३.८० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरिएको छ । 

४ प्रतिशत लाभांश वितरण गर्ने बैंकको प्रस्ताव नेपाल राष्ट्र बैंकद्वारा स्वीकृति भएपछि र बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीलाई वितरण गरिने बैंकले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK