काठमाडौँ । सामाजिक तथा आर्थिक रूपमा पछाडि परेका तथा पारिएका व्यक्ति र समुदायलाई प्रत्यक्ष सहयोग गर्दै सकारात्मक रूपान्तरण गर्ने उद्देश्यले स्थापित मुक्तिनाथ फाउण्डेशनले आफ्नो वार्षिकोत्सवको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
मुनाफा वितरण नगर्ने संस्थाका रूपमा २०७८ असोज १ गते दर्ता भएको फाउण्डेशनले लक्षित वर्गका व्यक्ति तथा समुदायको सबलीकरणका लागि सशक्त सामाजिक संस्थाका रूपमा काम गर्दै आएको जनाएको छ ।
फाउण्डेशनले यसअघि पनि सामाजिक क्षेत्रमा विभिन्न गतिविधि सञ्चालन गर्दै आएको थियो । वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ६५ पोका रगत संकलन भएको फाउण्डेशनले जनाएको छ ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीले प्राविधिक सहयोग गरेको थियो । त्यस्तै, मुक्तिनाथ विकास बैंक, मुक्तिनाथ कृषि कम्पनी लिमिटेड, मुक्तिनाथ क्यापिटल लिमिटेड, रोयल सहकारी लिमिटेड, विन्ध्यवासिनी म्युजिक प्रालि तथा एमएन हस्पिटलको सहभागिता र समन्वयमा कार्यक्रम सम्पन्न भएको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्