काठमाडौँ । साताको कारोबारको अन्तिम दिन शुक्रबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । शुक्रबार नेप्से परिसूचक २२.८५ अंकले बढेर २६४७.२२ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३४५ कम्पनीको २ करोड १२ लाख ७२ हजार ७६१ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ६ अर्ब ७४ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार कुमारी बैंक लिमिटेडको भएको छ । यस कम्पनीको ३२ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
आजको बजारमा स्नो रिभर लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य १३ प्रतिशतभन्दा धेरैले बढेको छ ।
यता हाथवे इन्भेष्टमेण्ट नेपाल लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्