Skip to content
LAXMI SUNRISE BANK

फ्रान्समा डिजेलको मूल्य ‘अल टाइम हाई’, पेट्रोलको मूल्यले पनि नयाँ रेकर्ड बनाएपछि साना व्यवसाय प्रभावित

अर्थ सरोकार

काठमाडौँ । फ्रान्समा डिजेलको मूल्य अहिलेसम्मकै उच्च स्तरमा पुगेपछि सडक यातायातमा निर्भर साना व्यवसायहरू आर्थिक दबाबमा परेका छन् । सरकारी इन्धन मूल्यसम्बन्धी वेबसाइटमा रिपोर्ट भएका करिव ९ हजार पेट्रोल पम्पका तथ्यांकलाई एएफपीले गरेको विश्लेषणअनुसार देशभर डिजेलको औसत मूल्य प्रतिलिटर २.३९ युरो अर्थात् करिब २.७५ अमेरिकी डलर पुगेको हो । 

पेट्रोलको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ । सबैभन्दा धेरै बिक्री हुने पेट्रोलको मूल्य प्रतिलिटर २.१७ युरो अर्थात करिब २.४९ डलर पुगेको छ । 

यो मूल्य लगातार १० दिनभन्दा बढी समयदेखि सन् २०२२ को अघिल्लो उच्च स्तरभन्दा माथि रहेको छ । देशका ७०० भन्दा बढी पेट्रोल पम्पमा डिजेलको मूल्य २.५० युरोभन्दा माथि छ भने करिव ७० वटा पम्पमा २.७० युरोभन्दा बढी मूल्य पुगेको छ । 

फ्रान्सको राष्ट्रिय तथ्यांक तथा आर्थिक अध्ययन संस्थानका अनुसार, इन्धनको मूल्यवृद्धि समग्र मुद्रास्फीति भन्दा निकै तिव्र छ । अगस्टमा डिजेलको मूल्य वार्षिक आधारमा ३६.४ प्रतिशत बढेको थियो। सोही अवधिमा पेट्रोल १९.१ प्रतिशत र समग्र ऊर्जाको मूल्य १६.७ प्रतिशत बढेको थियो, जबकि समग्र मुद्रास्फीति २.४ प्रतिशत मात्र थियो । फ्रान्सको निर्माण क्षेत्र इन्धन मूल्यवृद्धिबाट सबैभन्दा बढी प्रभावित क्षेत्रमध्ये एक बनेको छ ।

साना निर्माण व्यवसायहरूको प्रतिनिधित्व गर्ने संस्थाले वसन्त ऋतुमा गरेको सर्वेक्षणअनुसार ९२ प्रतिशत हस्तकला तथा साना निर्माण व्यवसायले इन्धन मूल्यवृद्धिको प्रभाव महशुस गरिरहेका छन् । डानेलका अनुसार वार्षिक इन्धन खर्चमा करिव ६ हजार युरो (लगभग ६,८९३ डलर) थपिएको छ । 

फ्रान्सेली सरकारले समग्र रूपमा इन्धन कर कटौती गर्ने विकल्प नअपनाई लक्षित सहायता कार्यक्रम अघि सारेको छ । सरकारले विभिन्न क्षेत्रका लागि कुल १.४ अर्ब युरो (करिव १.६१ अर्ब डलर) सहायता प्रतिवद्ध गरेको छ । यसअन्तर्गत साना निर्माण व्यवसायका लागि अफ-रोड डिजेलमा प्रतिलिटर २० सेन्टको अनुदान तथा कृषि, माछापालन र सडक ढुवानी क्षेत्रका लागि छुट्टाछुट्टै सहायता योजना समावेश छन् । 

यसका साथै, कम आय भएका १५ लाख कर्मचारीलाई १०० युरो (करिव ११४ डलर) को सहायता उपलब्ध गराइएको छ । सरकारले यस्तो सहायता पाउन योग्य मानिसको संख्या करिव ३० लाख रहेको अनुमान गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK