Skip to content
LAXMI SUNRISE BANK

काठमाडौँमा रात्रिकालीन बस सेवा निःशुल्क गर्न चिरीबाबु महर्जनको प्रस्ताव

अर्थ सरोकार

काठमाडौँ । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले काठमाडौँ उपत्यकामा सञ्चालन हुने रात्रिकालीन बस सेवा निःशुल्क गर्न प्रस्ताव गरेका छन् । ‘काठमाडौँ उपत्यका रात्रिकालीन बस सेवा विस्तार’ कार्यक्रममा बोल्दै महर्जनले यस्तो बताएका हुन् ।

उनले राति सार्वजनिक यातायात प्रयोग गर्ने श्रमिक तथा न्यून आय भएका वर्गलाई लक्षित गर्दै रात्रिकालीन बस सेवा निःशुल्क गर्नुपर्ने बताएका छन् ।

रात्रिकालीन बस सञ्चालनमा लाग्ने खर्च काठमाडौँ उपत्यकाका १८ वटै स्थानीय तहले मिलेर व्यहोर्नुपर्ने प्रस्ताव महर्जनको छ । त्यसमा काठमाडौँ र ललितपुर महानगरपालिकाले तुलनात्मक रूपमा ठूलो हिस्सा व्यहोर्न तयार रहेको उनको भनाई छ ।

उनले अहिलेका लागि रात्रिकालीन बस सेवाको ब्रेक-इभेन अवस्थालाई यथास्थितिमै राखेर निश्चित ‘कटअफ डेट’ तोक्नुपर्ने बताए । आगामी वैशाख १ गते वा उपयुक्त कुनै दिनदेखि रात्रिकालीन बस सेवा निःशुल्क गर्ने घोषणा गर्नुपर्ने उनको प्रस्ताव छ । उनले यस्तो व्यवस्था लागू गर्न सके सार्वजनिक यातायात क्षेत्रमा महत्वपूर्ण परिवर्तन हुने दाबी गरेका छन् ।

महर्जनले मेट्रो रेल सञ्चालन हुन अझै लामो समय लाग्नसक्ने भएकाले त्यस अवधिसम्म सार्वजनिक यातायातको विकल्पका रूपमा रात्रिकालीन बस सेवाको व्यवस्थापन र विस्तारमा जोड दिनुपर्ने बताएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK