काठमाडौं । टाटा मोटर्सका कमर्सियल सवारीसाधनका ग्राहकलाई थप सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यले सिप्रदीको आधिकारिक सर्भिस सेन्टर श्री जाल्पादेवी अटोवर्क्सले आफ्नो सेवा समय विस्तार गरेको छ ।
२०८३ असोज ४ गतेदेखि लागू हुने गरी सर्भिस सेन्टरले अब बिहान ९ बजेदेखि राति ९ बजेसम्म सेवा उपलब्ध गराउने भएको हो । यसअघि सर्भिस सेन्टरको सेवा समय बिहान ९ बजेदेखि बेलुकी ६ बजेसम्म रहेको थियो ।
नयाँ व्यवस्थासँगै दिनभर सवारी सञ्चालन गर्ने ग्राहकले समेत साँझको समयमा आफ्नो सवारीको आवश्यक मर्मत तथा सर्भिस गराउन सक्नेछन् । ग्राहकको समय र सञ्चालन आवश्यकतालाई ध्यानमा राख्दै सेवा अवधि रातिसम्म विस्तार गरिएको जनाइएको छ ।
अवैध र नक्कली पार्ट्स तथा लुब्रिकेन्टसको प्रयोगले गाडीको इन्जिन, ब्रेक र क्लच प्रणालीलाई छोटो समयमै ध्वस्त बनाउने मात्र नभई मर्मत खर्च अत्यधिक बढाउँछ । श्री जाल्पादेवी अटोवर्क्समा टाटा कमर्सियल भेहिकलकालागि अत्याधुनिक डायग्नोस्टिक उपकरण, TATA Genuine Spare Parts, दक्ष तथा प्रशिक्षित प्राविधिक, छिटो तथा भरपर्दो सेवा तथा उच्चतम सुरक्षा मापदण्डअनुसारको सेवा उपलब्ध गराइनेछ ।
सेवा विस्तारले विशेषगरी यात्रु तथा मालवाहक व्यावसायिक सवारी सञ्चालन गर्ने ग्राहकलाई नियमित काम प्रभावित नगरी सवारी मर्मत तथा सर्भिस गर्न थप सुविधा पुग्ने अपेक्षा गरिएको छ । सवारीको डाउनटाइम कम गर्दै अधिकतम आम्दानी र न्यूनतम सञ्चालन खर्च सुनिश्चित गर्ने उद्देश्यअनुसार सेवा व्यवस्थापन गरिएको सिप्रदीले जनाएको छ ।
टाटा मोटर्स कमर्सियल भेहिकलका ग्राहकलाई बिक्रीपछिको सेवा थप पहुँचयोग्य र सुविधाजनक बनाउने प्रयासअन्तर्गत सुरु गरिएको विस्तारित सेवा समयले आकस्मिक तथा नियमित मर्मतसम्भारका लागि समेत ग्राहकलाई थप विकल्प उपलब्ध गराउनेछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्