काठमाडौँ । नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लाई सिस्टम सुधार्न निर्देशन दिएको छ । सोमबार धितोपत्र कारोबार सम्बन्धमा एक विज्ञप्ति जारी गर्दै बोर्डले नेप्सेलाई सिस्टम सुधार्न निर्देशन दिएको हो ।
बोर्डले कारोबार नै बन्द गर्नुपर्ने गरी के भएको हो ? भन्ने विषयमा अध्ययन गर्न पनि बोर्डलाई निर्देशन दिएको छ ।
‘…बोर्डबाट नेप्सेलाई धितोपत्रको कारोबार रोक्नुपर्ने गरी उत्पन्न विषम परिस्थितिको सम्बन्धमा आवश्यक अध्ययन तथा जाँचबुझ गरी यस्ता घटनाहरु पुनः दोहोरिन नदिन गर्नुपर्ने सुधारसहितको प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ ।’, बोर्डको विज्ञप्तिमा भनिएको छ ।
९२ ब्रोकर कम्पनीमध्ये ७२ व्यवसायीहरुको सर्भर राखिएको डाटा सेन्टरमा प्राविधिक समस्या आउँदा कारोबार नै स्थगित गर्नुपरेको परिस्थितिप्रति गम्भीर ध्यानाकर्षण भएको समेत बोर्डले जनाएको छ ।
त्यस्तै, उक्त विषयमा छानविन गर्न बोर्डले बोर्डका उपकार्यकारी निर्देशकको नेतृत्वमा ५ सदस्यीय निरीक्षण टोलीसमेत खटाइसकेको जनाएको छ । यस्तो बोर्डको विज्ञप्तिः

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्