काठमाडौँ । कम्पनी रजिष्ट्राको कार्यालयमा स्टारबक्स भेन्डिङ क्रिएटिभ मार्केटिङको नाममा दर्ता भएको बिभि नेपाल नामक कम्पनीले सित्तैमा नाफा दिने भन्दै लाखौँ रुपैयाँ असुली गरेको पाइएको छ । विशेषगरी गाउँ र सोझा नागरिकलाई लक्षित गर्दै कम्पनीले असुली धन्दा चलाएको पाइएको हो ।
२०८३ भदौ ८ गते दर्ता भएको उक्त कम्पनी पूर्णतः अनलाइन केन्द्रित छ । १ महिना मात्र दर्ता भएको उक्त कम्पनीले लाखौँ सदस्य बनाएको कम्पनीका एजेन्ट पदम शर्माको दाबी छ ।
उक्त कम्पनीमा लगानी गरे दिनहुँ प्रतिफल पाइने भन्दै कम्पनीले नागरिकसँग १२ हजार ९ सयदेखि ५ हजारदेखि ५० लाखसम्म असुली गरेको कम्पनीमा जोडिएकाहरुले बताएका छन् । तर, सुरु सुरुमा केही प्रतिफल दिए पनि बिस्तारै कम्पनीले पैसा दिन छोडेको कम्पनीमा लगानी गरेकाहरुको गुनासो छ ।

अहिले पैसा आउने लोभमा उक्त कम्पनीमा जोडिनेहरुको संख्या ८ लाख पुगेको कम्पनीका एजेन्ट शर्माले बताएका छन् ।
शर्माका अनुसार उक्त कम्पनीले विदेशबाट भेन्डिङ मेसिन आयात गर्छ । मानवरहित पसल सञ्चालन गर्ने दाबी गरेको उक्त कम्पनीले भेन्डिङ मेसिनमार्फत पैसा कमाएर लगानीकर्तालाई प्रतिफल दिने दाबी गरिएको छ । तर, नेपालमा आइसकेको दाबी गरिएको उक्त मेसिन कहाँ छ ? कसरी सञ्चालन भइरहेको छ ? कसैलाई थाहा छैन ।
टार्गेटमा विद्यार्थी र गृहणी
यसो त उक्त कम्पनीले विद्यार्थी र गृहणीलाई टार्गेट गर्ने गरेको छ । बरोजगारीको फाइदा उठाउँदै कम्पनीले बसीबसी पैसा आउने लोभ देखाएर विद्यार्थी र गृहणीबाट रकम असुल्ने गरेको छ ।
स्वयम् आफूलाई कम्पनीको एजेन्ट दाबी गर्ने पदम शर्माले आफू पनि केही पैसा कमाइन्छ भन्ने लोभले कम्पनीमा जोडिएको बताएका छन् । आफू मात्र होइन, उनले आफ्नो परिवारका अरु सदस्यलाई समेत जोडेको बताएका छन् । ‘केही पैसा कमाइ हुन्छ भन्ने लागेर लगानी गरेको हुँ । मैले मेरै परिवारका सदस्यलाई पनि यो कम्पनीमा जोडेको छु ।’, उनले भने, ‘दिनहूँ २-४ सय कमाई हुन्छ पनि ।’

न पसल छ न उद्योग !
विगत ५ वर्षदेखि विदेशमा सञ्चालन रहेको र हाल नेपालमा आएको दाबी गरिएको उक्त कम्पनीको नेपालमा न उद्योग छ, न पसल ।
काठमाडौँको गोङ्गबु नगरपालिका-९ टोखा ठेगाना राखिएको उक्त कम्पनीको सो क्षेत्रमा कुनै आधिकारिक पसल वा अफिस भेटिँदैन । आधिकारिक अफिस वा पसल बिनाको कम्पनी कसरी चल्छ ? भन्ने प्रश्नमा सो कम्पनीका एजेन्टहरुले कम्पनी भर्खरै खुलेको भएकाले कार्यालय निर्माणको चरणमा रहेको रेडिमेट जवाफ दिने गरेका छन् ।

कर्मचारीलाई नै थाहा छैन हेड अफिस कहाँ छ ?
यता सो कम्पनीमा काम गर्ने कर्मचारीलाई समेत कम्पनीको हेड अफिस कहाँ छ थाहा छैन । ‘कसैले गोङ्गबु भन्छन्, कसैले ललितपुर भन्छन् । तर ठ्याक्कै कहाँ मलाई पनि थाहा छैन ।’, कम्पनीका एजेन्ट शर्माले अर्थ सरोकारसँग भने, ‘सम्पर्क व्यक्ति को हो भन्ने पनि थाहा छैन । नम्बर पनि छैन ।’
अर्थ सरोकारलाई प्राप्त प्रमाण अनुसार सो कम्पनीले ह्वाट्सएपमार्फत एजेन्टहरुसँग कुरा गर्ने गरेको खुलेको छ । उक्त ग्रुपको एडमिनदेखि एजेन्टहरुसँग कुरा गर्नेहरु पनि विदेशी छन् । यसले उक्त कम्पनीले ठगी गरेको थप प्रमाणित गरेको छ ।

विश्वास जित्न सामाजिक काम गरेको नाटक !
यसो त उक्त कम्पनीले गाउँ केन्द्रित विद्यालयहरुमा विद्यार्थीहरुलाई पोशाक बाँड्ने र समाजसेवी तथा समाजिक अगुवाहरुलाई सम्मान गर्ने कार्यक्रम समेत गरेको थियो ।
तर, नागरिकको विश्वास जित्नका लागि कम्पनीले यस्ता कार्यक्रमको नाटक गरेको स्वयम् कम्पनीमा आबद्ध एजेन्टहरुले बताएका छन् । ‘सुरुमा सामाजिक कार्य गरेर नागरिकको विश्वास जित्ने र पछि लगानी गर्न लगाएर भाग्ने योजना हो ।’, अर्का एक एजेन्टले अर्थ सरोकारसँग भने, ‘अहिलेसम्म लाखौँ पैसा उठाइसक्यो, अझै कति उठाएर भाग्ने हो थाहा छैन ।’
प्रहरीले नै भन्यो- ‘स्क्याम हो’
यता प्रहरीले समेत बिभि नेपालको उक्त कार्य ठगी भएको पुष्टि गरेको छ । सार्वजनिक सचेतनाका लागि साउन २८ गते नै जारी गरिएको प्रहरीको उक्त सूचनामा नेपाल प्रहरीको साइबर ब्यूरोले बिभि नेपाल नामक अनलाइन मल्टी–लेभल मार्केटिङ स्क्याम भएको बताएको छ ।
उक्त कम्पनीले आम नागरिकलाई अस्वभाविक रुपमा उच्च प्रतिफलको प्रलोभन देखाएर अनलाइन स्क्याम गरिरहेको भन्ने गुनासो आएकाले बिभि नेपालसहित यस्ता अत्याधिक उच्च प्रतिफल दाबी गर्ने कुनै पनि एप्लिकेसन, वेबसाइट वा योजनामा पैसा लागनी नगर्न पनि प्रहरीले आग्रह गरेको छ । यस्तो छ प्रहरीको सूचनाः

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्