काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरुले सेयर तथा डिबेञ्चरमा गरेको लगानी न्यूनतम ४५ दिन मात्र होल्ड गरे हुने भएको छ । ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाका लागि जारी गरिएको एकीकृत निर्देशन, २०८२ मा परिमार्जन गर्दै राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो ।
नयाँ व्यवस्था अनुसार सर्वसाधारणमा सेयर बिक्री गरी धितोपत्र विनिमय बजारमा सूचीकृत भइसकेको संगठित संस्थाको सेयर तथा डिबेञ्चरमा बैंक तथा वित्तीय संस्थाहरुले लगानी गर्दा कम्तीमा ४५ दिन मात्र होल्ड गरे पुग्ने भएको छ ।
यसअघि बैंक तथा वित्तीय संस्थाहरुले सेयर तथा डिबेञ्चरमा गरेको लगानी कम्तीमा ६ महिना होल्ड गर्नुपर्ने व्यवस्था थियो । त्यस्तै, संगठित संस्थाको सेयर तथा डिबेञ्चरमा अल्पकालीन लगानी गर्न नपाउने व्यवस्था भने यथावत् राखिएको छ ।
त्यस्तै, वाणिज्य बैंकहरुतर्फ आर्थिक वर्ष २०८३/८४ का लागि काउन्टरसाइक्लिकल बफर शून्य प्रतिशत निर्धारण गरिएको छ । अर्कोतर्फ बैंक तथा वित्तीय संस्थाहरुले सरकारी सुरक्षणपत्र, राष्ट्र बैंक ऋणपत्र, सेयर तथा डिबेञ्चरलगायतका उपकरणमा लगानी गर्दा सट्टेबाजी जोखिम न्यूनीकरण हुने गरी स्पष्ट नीति तथा कार्यविधि आफ्नै सञ्चालक समितिबाट स्वीकृत गराएर मात्र लागू गर्नुपर्ने राष्ट्र बैंकले व्यवस्था गरेको छ ।
त्यस्तै, लगानी नीतिमा लगानीको उद्देश्य र रणनीति, बैंकिङ र ट्रेडिङ बुकमा वर्गीकरण, होल्डिङ अवधि तथा स्वार्थको द्वन्द व्यवस्थापन सम्बन्धी स्पष्ट विधि समावेश हुनुपर्नेछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page









प्रतिक्रिया दिनुहोस्