काठमाडौँ । चितवनको इच्छाकामना गाउँपालिका-४ स्थित मनकामना केबलकारको गेटभित्रको सडक भासिएको छ । निरन्तरको वर्षासँगै गोरखाको सहिद लखन गाउँपालिका-३ सिलिङटार जोड्ने झोलुङ्गे पुलमा त्रिशूली नदीको बहावले लगातार प्रहार गरेपछि केबलकारको गेटदेखि भित्रतर्फको सडक भासिएको हो ।
वर्षासँगै नदीले धार परिवर्तन गरेको र झोलुङ्गे पुलमा लगातार नदीको बहावले प्रहार गर्दा मुख्य राजमार्ग चर्किएको तथा भित्री सडक भासिएको इच्छाकामना गाउँपालिका-४ का वडाध्यक्ष रुद्र उप्रेतीले जानकारी दिए ।
सडक भासिएपछि अहिले मनकामना केबलकार सेवा बन्द रहेको छ । नदीको बहावले पुलमा निरन्तर प्रहार गरिरहेकाले आसपासको क्षेत्रमा थप जोखिम बढेको वडाध्यक्ष उप्रेतीले बताए । बाँकी तस्विरमा हेर्नुहोस् :

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page









प्रतिक्रिया दिनुहोस्