Skip to content
LAXMI SUNRISE BANK

दशैँका लागि सबैजसो हवाई टिकट बिक्री, सार्वजनिक सवारीको ‘टिकट बुकिङ’ अझै खुलेन !

अर्थ सरोकार

काठमाडौँ । दशैँका लागि अधिकांश हवाई टिकटहरु बिक्री भइसकेका छन् । आन्तरिक हवाई उडान कम्पनीहरुका अनुसार दशैँका लागि सबैजसो टिकटहरु बिक्री भइसकेका हुन् ।

विशेषगरी असोज २८ गतेदेखि कार्तिक १ गतेसम्मका सबै हवाई टिकटहरु बुकिङ भइसकेको एयरलाइन्स कम्पनीहरुले जनाएका छन् ।

बाढी पहिरोका कारण अधिकांश राजमार्गमा क्षति पुगेपछि काठमाडौँ उपत्यकाबाट बाहिरिनेहरुले धमाधम हवाई टिकट काटेका छन् । यही कारण पनि यसवर्ष दशैँका लागि चाँडै नै टिकटहरु बुकिङ भएको एयरलाइन्स कम्पनीहरुको भनाई छ । 

सबैजसो हवाई टिकटहरु बिक्री भइसक्दा भने सार्वजनिक सवारीको टिकट बुकिङ भने अझै खुलाइएको छैन । अग्रिम टिकट बुकिङ खुला नहुँदा यात्रुहरु अन्योलमा परेका छन् । 

यता यातायात व्यवसायीहरुले भने अग्रिम टिकट बुकिङ खुला गर्नका लागि आवश्यक समन्वय र तयारी गरिरहेको दाबी गरेका छन् । तर, टिकट बुकिङ कहिले खुल्छ ? भन्ने यकिन भने नभएको यातायात व्यवसायीहरुको भनाई छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK