Skip to content
LAXMI SUNRISE BANK

यसवर्षको दशैँमा झण्डै १० लाखले काठमाडौँ छोड्ने अनुमान !

अर्थ सरोकार

काठमाडौँ । यसवर्ष दशैँमा झण्डै १० लाखले काठमाडौँ छोड्ने अनुमान गरिएको छ । पूर्वाधार विकास समितिले गरेको अध्ययनले यसवर्षको दशैँमा ६ लाख ५० हजारदेखि ९ लाख ७५ हजार जनाले काठमाडौँ उपत्यका छोड्ने अनुमान गरेको हो । 

यसवर्ष यात्रुको चाप व्यवस्थापन गर्न ४३ हजार ५ सय ७४ देखि ६५ हजार ३ सय ६१ वटासम्म सार्वजनिक सवारी आवश्यक पर्ने पनि अध्ययनले देखाएको छ । 

यता यात्रुको सहजताका लागि ट्राफिक प्रहरीले यसवर्ष १ हजार ३ सय भन्दा बढी जनशक्ति परिचालन गर्ने तयारी गरेको छ । अर्कोतर्फ १० स्थानमा यात्रु सहायता कक्ष सञ्चालन गर्ने पनि ट्राफिक प्रहरीले तयारी गरेको छ । 

त्यस्तै, सम्भावित जोखिम तथा दुर्घटनाका लागि सडक विभागले १८ स्थानमा ठूला उपकरण र जनशक्ति तयारी अवस्थामा राख्ने तयारी गरेको जनाएको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK