Skip to content
LAXMI SUNRISE BANK

काँग्रेसको सभापतिमा उम्मेदवारी दिन ४० हजार शुल्क तिर्नुपर्ने !

अर्थ सरोकार

काठमाडौँ । नेपाली काँग्रेसमा सभापति पदमा उम्मेदवारी दिन ४० हजार रुपैयाँ शुल्क तिर्नुपर्ने भएको छ । काँग्रेसको केन्द्रीय निर्वाचन समितिले सो शुल्क निर्धारण गरेको हो । 

समितिले पार्टीको उपसभापति पदमा उम्मेदवारी दिन ३० हजार रुपैयाँ र सहमहामन्त्री पदमा उम्मेदवारी दिन २० हजार रुपैयाँ शुल्क तोकेको छ । त्यस्तै, केन्द्रीय सदस्य पदका लागि भने ११ हजार रुपैयाँ शुल्क तोकिएको समितिले जनाएको छ । 

काँग्रेसको १५औँ महाधिवेशनमा आज (असोज १९ गते) देखि निर्वाचन कार्यक्रम सुरु हुँदैछ । मनोनयन दर्ता भने भोलिदेखि हुने बताइएको छ । 

समितिका अनुसार सभापतिका लागि १० जना प्रस्तावक र १० जना समर्थक, उपसभापतिका लागि ७/७ जना प्रस्तावक र समर्थक, सहमहामन्त्रीका लागि ५/५ जना र केन्द्रीय सदस्यका लागि ३/३ जना प्रस्तावक र समर्थक अनिवार्य गरिएको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK