×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कर्णाली प्रदेशसभा सदस्यमा कोरोना सङ्क्रमण पुष्टी

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

कर्णाली प्रदेशसभा सदस्यमा कोरोना सङ्क्रमण पुष्टी

Artha Sarokar

३१ असार २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
सुर्खेत । कर्णाली प्रदेशसभाका एक सदस्यमा कोरोना संक्रमण पुष्टी भएको छ । सुर्खेतदेखि बाहिर जिल्ला जानका लागि आरटीपिसिआर गराएका प्रदेशसभा सदस्यको कोरोना पोजेटिभ देखिएको हो । प्रदेश अस्पताल सुर्खेतमा गरिएको आरटी पिसिआर परीक्षणमा ती सदस्यलाई संक्रमण देखिएको कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, स्वास्थ्य शाखाका प्रमुख डा लक्ष्मीनारायण तिवारीले बताए । प्रदेशसभा सदस्यमा कोरोना पुष्टि भएलगत्तै कन्ट्याक्ट ट्रेसिङ शुरु गरिएको छ ।
यस्तै प्रदेश सरकारका मन्त्री तथा प्रदेशसभाका अन्य सदस्यको पनि स्वाब सङ्कलन गरेर परीक्षणका लागि प्रयोगशालामा पठाइएको छ । कसरी प्रदेशसभामा कोरोना छि¥यो भन्ने खोजी भइरहेको महाशाखा प्रमुख डा. तिवारीले बताए । सङ्क्रमित प्रदेशसभा सदस्य होम आइसोलेशनमा रहेको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी