काठमाडौँ । दशैँलाई लक्षित गर्दै सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ असोज २३ गतेदेखि खुला हुने भएको छ । यातायात व्यवसायीसहित सरोकारवाला निकायहरुबीच भएको उच्चस्तरीय बैठकले असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो ।
बैठकमा यातायात व्यवसायी राष्ट्रिय महासंघ, यातायात श्रमिक संगठनहरु, नेपाल प्रहरी, ट्राफिक प्रहरी र ल्होत्से बहुउद्धेश्यीय प्रालिका प्रतिनिधिहरु सहभागी थिए ।
छलफलपछि असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने सहमति जुटेको बैठकमा सहभागी एक यातायात व्यवसायीले बताएका छन् । अग्रिम टिकट बुकिङ खुला हुने भएसँगै टिकट बुकिङबारे यात्रुमा रहेको अन्योल हट्ने विश्वास गरिएको छ ।
त्यस्तै, बैठकले यसवर्ष दशैँ अवधिभर १० लाख भन्दा बढी यात्रुले काठमाडौँ उपत्यका छोड्ने अनुमान गरिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page









प्रतिक्रिया दिनुहोस्