Skip to content
LAXMI SUNRISE BANK

यसवर्ष दशैँमा नयाँ र सुकिला नोट उत्सवका रुपमा वितरण नहुने !

अर्थ सरोकार

काठमाडौँ । यसवर्ष दशैँमा नयाँ र सुकिला दुवै थरी नोट उत्सवका रुपमा वितरण नहुने भएको छ । नेपाल राष्ट्र बैंकले यसवर्ष दशैँलाई लक्षित गर्दै उत्सवका रुपमा नयाँ र सुकिला नोट सटही नगर्ने जनाएको हो । 

हालैको बाढी तथा पहिरोजन्य विपद्ले गरेको क्षतिलाई ध्यान दिँदै उत्सवका रुपमा नोट सटही नगर्ने राष्ट्र बैंकले जनाएको छ । 

यद्यपि आवश्यकताका आधारमा भने नयाँ नोट वितरण गरिनेछ । राष्ट्र बैंकका अनुसार राष्ट्र बैंकको नियमित सटही काउन्टर तथा बैंक तथा वित्तीय संस्थामार्फत आवश्यकताका आधारमा ग्राहकलाई नयाँ नोट वितरण भइरहेको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK