Skip to content
LAXMI SUNRISE BANK

विश्वकै धनी व्यक्ति मस्कको सम्पत्ति फेरि १० खर्ब डलर नाघ्यो

अर्थ सरोकार

काठमाडौँ । विश्वकै धनी व्यक्ति एलन मस्कको सम्पत्ति फेरि १० खर्ब (१ ट्रिलियन) डलर नाघेको छ । पछिल्लो समय सेयर बजारमा आएको सुधारपछि मस्कको सम्पत्ति फेरि १ ट्रिलियन डलर नाघेको हो । 

हाल मस्कको सम्पत्ति ६५ अर्ब डलरले बढेर १० खर्ब ४० अर्ब डलर पुगेको ब्लुमबर्ग बिलिनेयर्स इन्डेक्समा उल्लेख छ । 

मस्कको स्पेस एक्स र टेस्लाको सेयर मूल्य बढेपछि सम्पत्ति ह्वात्तै बढेको ब्लुमबर्गले जनाएको छ । ब्लुमबर्गकका अनुसार अक्टोबरयता स्पेस एक्सको सेयर मूल्य १३ प्रतिशत र टेस्लाको सेयर मूल्य ६.७ प्रतिशतले बढेको छ । 

यसअघि मस्कको सम्पत्ति जुलाईको अन्त्यसम्म ६ खर्ब भन्दा बढी घटेको थियो ।

 

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK