Skip to content
LAXMI SUNRISE BANK

मकालु वाइनको हिन्वा ब्राण्डका बोतलमा लेदो भेटियो, नखाए केही हुन्न, खाए बिरामी ‘कन्फर्म’ ! 

अर्थ सरोकार

काठमाडौँ । मकालु ब्राण्डका वाइनमा लेदो भेटिएको छ । काठमाडौँको गोकर्णेश्वरस्थित एक सप्लायर्समा भण्डारण गरेर राखिएका मकालु वाइन इन्डष्ट्रिजद्वारा उत्पादित हिन्वा ब्राण्डका वाइनमा लेदोजस्तो देखिने अखाद्य वस्तु भेटिएको हो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको अनुगमनका क्रममा हिन्वाका ६५० मिलिलिटरका २ हजार २ सय ३२ बोतल र ४ लिटरका ६६ प्याकेट वाइनभित्र लेदो भेटिएको छ ।

त्यस्तै, सोही सप्लायर्समा ललितपुरको झरुवारासी गोदावरीबाट उत्पादित ६५० मिलिलिटरका ४ सय २० बोतल वाइनमा समेत लेदो जमेको भेटिएको अनुगमनमा सहभागी विभागका एक अधिकारीले पुष्टि गरेका छन् । 

वाइनमा लेदो भेटिएपछि ती वाइनको बिक्री वितरणमा तत्काल रोक लगाइएको छ भने थप गुणस्तर परीक्षणका लागि नमुना संकलन गरिएको छ । 

अनुगमनमा सहभागी ती अधिकारीले वाइनमा भेटिएको यस्तो लेदो पदार्थको सेवनले नागरिकको स्वास्थ्यमा गम्भीर असर गर्न सक्ने बताएका छन् । कति हानिकारक ? भन्ने विषय नमुना परीक्षणपछि थाहा हुने ती अधिकारीको भनाई छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK