Skip to content
LAXMI SUNRISE BANK

पूर्वप्रधानन्यायाधीश जबराको घरमा सम्पत्ति शुद्धीकरणको छापा !

अर्थ सरोकार

काठमाडौँ । सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको घरमा छापा मारेको छ । शमशेरको घरमा छापा मारेको विभाग निकट स्रोतले पुष्टि गरेको छ । 

स्रोतका अनुसार शमशेरसहित उनका भाइ प्रभुशमशेर जबरा तथा ज्वाइँ नवीन बस्नेतको घरमा पनि विभागले छापा मारेको छ ।

विभागले नवराज थपलिया, दीपक तिमल्सिना र नारायण दाहालको घरमा समेत छापा मार्ने काम गरिरहेको स्रोतको दाबी छ । केहीको घरबाट महत्वपूर्ण कागजातहरु बरामद गरिएको पनि स्रोतले बताएको छ । 

जबरालाई केही दिन अघि मात्र काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको थियो । करिब १२ घण्टासम्म नियन्त्रणमा राखेर प्रहरीले उनलाई छोडेको थियो ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK