Skip to content
LAXMI SUNRISE BANK

२१ किलो सुन तस्करी प्रकरणः एक हप्ता रेकी गरेर सुनसहित ३ चिनियाँ नागरिक पक्राउ, ‘नेक्सस’ खोज्दै प्रहरी !

अर्थ सरोकार

काठमाडौँ । बुढानीलकण्ठबाट बरामद गरिएको २१ किलो सुन चिनियाँ नागरिकले ल्याएको खुलेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले गरेको अनुसन्धानबाट सो सुन चिनियाँ नागरिकले नेपाल ल्याएको खुलेको हो । 

अनुसन्धानमा संलग्न एक अधिकारीका अनुसार उक्त कार्यमा तीन जना चिनियाँ नागरिकको संलग्नता देखिएको छ । 

उनीहरुले एक जना नेपाली नागरिकसँग मिलेर तस्करी गरिएको २१ किलो सुन बुढानीलकण्ठमा राखेको प्रहरीले जनाएको छ । प्रहरीका स्रोतका अनुसार सुन ल्याएर बुढानीलकण्ठमा राखेको सूचना गृहमन्त्री सुदन गुरुङसम्मै पुगेको थियो । गुरुङकै निर्देशनमा प्रहरीले सो अपरेशन अघि बढाएको पनि स्रोतले बताएको छ ।

सोही सूचनाका आधारमा प्रहरीले सो सुन राखिएको ठाउँमा एक हप्ता रेकी गरेको थियो । एक हप्तासम्म रेकी गरेपछि र घरधनीसहित शंकास्पद व्यक्तिहरुको विवरण निकालेपछि प्रहरीले सो सुन बरामद गरेको हो । उक्त प्रकरणमा प्रहरीले केहीलाई पक्राउ समेत गरिसकेको छ ।

प्रहरीले सो स्थानबाट १० किलो सुन र प्रशोधन गर्न बाँकी ११ किलो सुनसहित सुनको ढिक्का बनाउन प्रयोग गरिने उपकरणसमेत बरामद गरेको छ । 

उक्त सुन त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल हुँदै बाहिरिएको आशंका गरिए पनि सो विषयमा थप अनुसन्धान भइरहेको र सो को विषयमा शुक्रबार (आज) जानकारी दिने तयारी रहेको प्रहरीले जनाएको छ । 

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK