काठमाडौँ । अनलाइन बस टिकट सेवा प्रदायक बस सेवाले दशैँका लागि अग्रिम टिकट बुकिङ खुला गरेको छ । बस सेवाले बिहीबारदेखि नै अग्रिम बस टिकट बुकिङ खुला गरेको जनाएको छ । यसअघि गत मंगलबार यातायात व्यवस्था विभागले दशैँका लागि २३ असोजदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो । विभागको निर्णयअनुसार नै बस सेवाले अग्रिम टिकट बुकिङ खुला गरेको हो । विभागले लाइन लागेर टिकट काट्नभन्दा अनलाइन एपहरूमार्फत टिकट बुकिङ गर्न आग्रह समेत गरेको थियो ।
यही क्रममा बस सेवाले दशैँको समयमा टिकट लिन बसपार्कमा लामो समय लाइन बस्नुपर्ने अवस्थालाई कम गर्दै यस वर्ष ‘लाइनमा बसेर होइन, अनलाइन बसेर टिकट काटौं’ भन्ने सन्देशसहित डिजिटल टिकट बुकिङलाई प्रभावकारी बनाएको जनाएको छ । बस सेवाको मोबाइल एप र वेबसाइटमा लगइन गरी यात्रुले घरमै बसेर आफ्नो गन्तव्य, यात्रा मिति, बस तथा सिट छनोट गर्न सक्नेछन् ।
यात्रुलाई सुविधा दिन बस सेवाबाट अग्रिम टिकट बुकिङ गर्नेले १०० रुपैयाँसम्मको छुट पाउने बस सेवाका प्रमुख कार्यकारी निर्देशक पीआर खनालले जानकारी दिए । यसबाहेक विभिन्न बैंक तथा डिजिटल भुक्तानी साझेदारमार्फत क्यासब्याक तथा अन्य छुटका अफरहरू समेत सञ्चालनमा रहेको उनको भनाइ छ ।
बस सेवाले दशैँको यात्रालाई सहज बनाउन लोकप्रिय रुटमा उपलब्ध बस तथा सिटको अवस्थालाई समेत निरन्तर व्यवस्थापन गर्दै आएको जनाएको छ । यात्रुको मागअनुसार थप सेवा तथा सिट उपलब्ध गराउने प्रयास गरिने कम्पनीले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्