Skip to content
LAXMI SUNRISE BANK

२१ किलो सुन तस्करी प्रकरणः बुढानीलकण्ठमा चिनियाँको ‘अड्डा’, साढे २ तले घर भाडामा लिएर गाल्थे सुन ! 

अर्थ सरोकार

काठमाडौँ । काठमाडौँको बुढानीलकण्ठमा चिनियाँ नागरिकले तस्करीको सुन गाल्न ‘अड्डा’ नै खडा गरेको पाइएको छ । तस्करहरुले साढे दुई तलाको घर भाडामा लिएर त्यही घरमा तस्करीको सुन राख्ने र गाल्ने गरेको पाइएको हो ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले गरेको अनुसन्धानबाट सो तथ्यको खुलासा भएको हो । 

उक्त प्रकरणमा संलग्न तीन जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ समेत गरेको छ । १ हप्तासम्म रेकी गरेर बिहीबार छापा हानेको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुसँगै प्रहरीले २१ किलो सुन समेत बरामद गरेको छ ।

प्रहरी पुग्दा उक्त घरमा सुन गाल्ने काम भइरहेको थियो । केहीबेर तस्कर समूहसँग प्रहरीले धम्कामुक्कीसमेत भएको प्रहरी स्रोतले बताएको छ । 

स्रोतका अनुसार उनीहरुको साथबाट प्रहरीले सुन गाल्ने, गुणस्तर जाँच्ने र विभिन्न आकारमा ढाल्ने उपकरणहरु समेत बरामद गरेको छ । सो घरमा चिनियाँ नागरिकहरुले सिसिटिभी क्यामेरासमेत जडान गरेका थिए ।

उक्त सुन तस्करी प्रकरणमा संलग्न अन्यको खोजी र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK