काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको २२औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । असोज २२ गते बिहीबार एलिस रिसेप्सन गैरीधारा, काठमाडौँमा बैंकको साधारणसभा सम्पन्न भएको हो ।
उक्त सभाले कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । जसमा बैंकको हाल कायम जारी तथा चुक्ता पूँजी ३ अर्ब ७३ करोड ४० लाख ६८ हजार ५ सय ५ रुपैयाँ ५३ पैसाको ६.५२६३ प्रतिशत अर्थात २४ करोड ३६ लाख ९७ हजार १०२.४७ पैसा बराबरको नगद लाभांश (कर सहित) र हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत अर्थात १४ करोड ९३ लाख ६२ हजार ७४०.२२ पैसा बराबरको बोनस सेयर रहेको छ ।
यो प्रस्ताव पारित भएसँगै अब सांग्रिला डेभलपमेन्ट बैंकको चुक्ता पूँजी ३ अर्ब ८८ करोड ३४ लाख ३१ हजार २४५.७५ पैसा पुग्ने भएको छ ।
साधारण सभाले आगामी ४ वर्षका लागि ६ सदस्यीय नयाँ सञ्चालक समिति समेत निर्विरोध चयन गरेको छ । जसमा संस्थापक सेयरधनीका तर्फबाट उज्ज्वल सत्याल, सुशीलकाजी बानियाँ र श्याम कुमार शर्मा तथा सर्वसाधारण सेयरधनीका तर्फबाट विष्णु प्रसाद ढकाल, कृष्ण प्रसाद रेग्मी र भावना अग्रवाल रहेका छन् । त्यस्तै, सोहि दिन बसेको नव निर्वाचित सञ्चालक समिति सदस्यहरूको बैठकले उज्ज्वल सत्याललाई सञ्चालक समितिको अध्यक्ष चयन गरेको छ ।
साधारण सभाले आ.व.०८२/८३ को वित्तीय विवरण सहित लेखा परीक्षक नियुक्ति, प्रवन्धपत्र संशोधन, मर्जर तथा प्राप्ति लगायतका प्रस्ताव समेत पारित गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्