काठमाडौँ । जापान पठाउने भन्दै रकम ठगी गर्ने एक जना पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले दाङ्ग घर भएका ३२ वर्षीय मान बहादुर भण्डारीलाई पक्राउ गरेको हो ।
उनले जापान पठाउने भन्दै एक जनाबाट ५ लाख ७७ हजार रुपैयाँ ठगी गरेको आरोप छ । पीडितले दिएको जाहेरीका आधारमा अनुसन्धानका लागि उनलाई असोज २२ गते काठमाडौँबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
हाल उनलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको छ ।
पछिल्लो समय वैदेशिक रोजगारी र आकर्षक तलबको प्रलोभनमा पारेर ठगी गर्नेहरु बढेको भन्दै सतर्क रहन प्रहरीले आग्रह गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्