काठमाडौँ । बुढानीलकण्ठमा चिनियाँ तस्करले भाडामा लिएको घरका घरधनी नेपालमै नभएको पाइएको छ । चिनियाँ तस्करहरुले भाडामा लिएर बसेको अढाई तले घरका घरधनी अमेरिका बस्ने व्यक्तिको भएको पाइएको हो ।
उक्त घर विष्ट थर भएका व्यक्तिको भएको पनि खुलेको छ । तर, घरधनीको परिचय भने खुलाइएको छैन ।
सो घर चिनियाँ नागरिकले गत साउनदेखि भाडामा लिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रहरी स्रोतका अनुसार चिनियाँ नागरिकको सो घरको मासिक ३ लाख ३० हजार रुपैयाँ भाडा तिर्दै आएका थिए । यद्यपि ४ महिनाको भाडा घरधनीलाई अग्रिम भुक्तानी गरिसकेको पनि खुलेको छ ।
अवैध रुपमा तस्करी गरिएको सुन भण्डारण गरिएको भन्ने सूचनाका आधारमा प्रहरीले बिहीबार साँझ सो घरमा छापा मारेको थियो ।
सोही क्रममा प्रहरीले ३ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । उनीहरुको साथबाट प्रहरीले २१ किलो सुन, सुन गाल्ने र गुणस्तर परीक्षण गर्ने मेसिन तथा गालेको सुनलाई विभिन्न आकार दिने मेसिन समेत बरामद गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्