काठमाडौँ । २१ किलो बढी सुन तस्करी प्रकरणमा तस्करहरुले प्रयोग गर्ने गाडी पनि बरामद गरिएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सुन तस्करीमा संलग्नहरुले प्रयोग गर्ने बिवाईडी गाडी बरामद गरेको हो ।
बरामद गरिएको सो बिवाईडी गाडीबाट प्रहरीले दुई वटा सुनको बिस्कुट पनि बरामद गरेको छ ।
उक्त गाडी तस्कर समूहले भाडामा लिएर प्रयोग गरिरहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रहरीले बुढानीलकण्ठस्थित साढे २ तले घरमा छापा मारेर २१ किलो ७५० ग्राम सुनसहित ३ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो ।
उक्त सुन तस्करी प्रकरणबारे थप अनुसन्धान भइरहेको र सो विषयमा पत्रकार सम्मेलन गरेरै जानकारी दिने प्रहरीले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्